Ads

बुद्ध जयन्ति मनाइयो

२० मे २००८ का दिन जर्मनीको गेल्जेनकिर्खेन शहर तथा वरिपरिका नेपाली तथा तिब्बतीहरुले संयूक्त रुपमा बुद्ध जयन्ति मनाएका छन्। अहिलेको बिषम परिस्थितिमा बुद्धको सन्देशलाई स्मरण गरेर त्यसलाई अनुशरण गरेमा हिंसा र अशान्तिबाट सहज छुटकारा पाउन सकिने कुरामा सहभागिहरु एकमत देखिन्थे।

लालीगुराँस परिवारका अध्यक्ष राम बहादुर राईले बुद्धको जीवन सर्कल र उपदेशबारेमा कार्यक्रममा मन्तब्य दिनुभएको थियो। अहिले स्वार्थ, शक्ति र सत्ताका लागि छिनझपटी गरिरहेका नेपाल लगायतका राजनैतिक नेता भनाउदाहरुलाई अलिकति पनि बुद्धको त्याग र तपस्याको बाटोको बारेमा चिन्तन मनन गर्ने साहस भएको भए देस र जनताको दूर्गति हुने थिएन भन्ने कुरा वहाँले राख्नु भएको थियो।