Home

...

    • हाम्रो बारेमा

Himal Khabar

  • समन्वय समितिद्वारा कार्यक्षेत्र निर्धारण
  • प्रधानमन्त्री र रक्षामन्त्रीलाई महतको प्रश्न
  • मन्त्री परिषद बैठक सुरु हुँदै
  • समन्वय समितिको संयोजकमा देव गुरुङ
  • चिनियाँ बिदेशमन्त्रीद्वारा दुई सय मिलियन ऋण प्रस्ताव
more

BBC Nepali

  • माधवकुमार नेपालद्धारा संयन्त्रमा बस्न अस्वीकार
  • चिनियां विदेशमन्त्रीको तीनदिने नेपाल भ्रमण सम्पन्न
  • चीनले नेपालको सुरक्षा क्षेत्रमा सहयोग गर्ने
  • मधेसी फोरमद्वारा सरकार त्याग्ने चेतावनी
  • सेना समायोजन विशेष समिति अझै अपूर्ण
more

Recent blog posts

  • Prachanda first Prime Minister of the Republic of Nepal
  • रक्षाको जन्मदिन नेपाली खेलकुदका साथ मनाइदै
  • Very Interesting circus show
  • Sonia's Dance
  • बुद्ध जयन्ति मनाइयो
more

Links

  • हाम्रो बारेमा

Links

Kantipur Publication

Nepalnews.com

News of Nepal

Nepali Press

Nepali Post

Nepaljapan.com

Students learning

______________

Who's online

There are currently 0 users and 3 guests online.

weekly Nepal

  • शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा सभासदहरूद्वारा सरकारको आलोचना
  • रितेश र आशिषका हत्यारा सार्वजनिक
  • कांग्रेस सभासद्ले राष्ट्रियताबारे चिनियाँ विदेशमन्त्रीले बोलेका विषयमा सरकारी धारणा मागे
  • उच्चस्तरीय राजनीतिक संयन्त्रले आचारसंहिता पालनाका लागि मन्त्रीहरुको निगरानी गर्ने
  • राष्ट्रपति डा यादव र चिनियाँ विदेशमन्त्रीबीच नेपालको राजनीतिक अवस्थाबारे छलफल
more

CNN News Live

weekly Nepal

Syndicate content WeeklyNepal News
Weekly Nepal News
URL: http://www.weeklynepal.com
Updated: 30 min 47 sec ago

शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा सभासदहरूद्वारा सरकारको आलोचना

30 min 47 sec ago
काठमाडौं। व्यवस्थापिका–संसदको विहिबारको शून्य समयमा अधिकांश सभासदले देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा सरकारको आलोचना गर्दै तुरुन्त स्थायी शान्तिका लागि पहल गर्न माग गर्नुभयो। उहाँहरुले काठमाडौँलगायत अन्य जिल्लामा दिनदहाडै व्यक्तिको अपहरण गरी हत्या गर्ने क्रम नरोकिएको, वाईसीएल र युथफोर्सलाई सम्बद्ध राजनीतिक दलले नियन्त्रणमा राख्न नसकेको आरोप लगाउँदै शान्ति सुरक्षाको पहल गर्न नसक्ने सरकारले कस्तो नयाँ नेपाल बनाउने हो भन्दै गृहमन्त्रीले यस विषयमा सदनमा जानकारी दिन माग गर्नुभयो। शून्य समयमा प्रमुख प्रतिपक्षी दलका एक विधायकले रामहरि हत्याप्रकरण सार्वजनिक नगरेको, विदेशी मुलुकका प्रतिनिधिले देशको सार्वभौमको रक्षाको बारेमा दिएको अभिव्यक्तिले देशको सार्वभौम रक्षा आफैले गर्ने वा विदेशीले गर्ने हो स्पष्ट नभएको उल्लेख गर्नुभयो भने सत्तारुढ दलकै अर्का एक विधायकले भने नयाँ नेपाल निर्माण गर्ने काममा संसदमै प्रतिनिधित्व गर्ने एक दलले भाँजो हाल्ने काम गरेको बताउनुभयो। अन्य सभासदले तराईका बनजंगल फडानी गरी भारततर्फ काठ तस्करी गरेको, पश्चिम पहाडी भेगका बासिन्दालाई चाडबाडमा समेत चामल उपलव्ध नगराएको, उदयपुर जिल्ला अस्पतालमा दरबन्दीबमोजिमका चिकित्सक नहुँदा जनता मारमा परेको, देशकै नमूनाको रुपमा रहेको केबुलकार बन्द हुँदा राजस्व नउठनुका साथै सम्बद्ध व्यवसायी समेत मारमा परेको, धनकुटामा टेन्डर खोल्दा व्यवसायीहरुलाई वाईसीएल र युथफोर्सले दःुख दिने गरको, वर्षाबाट प्रभावित सुदूरपश्चिमका बासिन्दालाई राहतको राम्रो प्रबन्ध नभएको, इन्धनको मूल्य घट्दा पनि सवारी साधनको भाडा घटाउनेतर्फ ध्यान नदिएको, राजधानीमा बढदो ट्राफिक जाम हटाउन बेवास्ता गरेको र चन्दा आतङ्क रोक्न सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो। उहाँहरुले दुर्गम जिल्ला डोल्पाको पाँच गाविसमा भिस्याट उपलब्ध गराउन, डोल्पा जाजरकोट बाटो छिटै निर्माण गर्न, कालीमाटीमा व्यापार गर्दै आएका मधेसी समुदायलाई अन्य व्यापारीसरह सुविधा उपलब्ध गराउन, खोटाङ जिल्लाका बाटो र पुल निर्माण गरी यातायात सुचारु सञ्चालन गराउन, महिलाविरुद्धको हत्या हिंसा अन्त्य गराउन, दुर्गम जिल्लामा कर्मचारी तथा चिकित्सक खटाउन, रोल्पा जिल्लामा केही दिन अघि भएको गोलीकाण्डको छानविन गराउन, घरायसी कामका लागि दाउरा काटन गएका दाङका थारुहरुलाई छुटकारा दिलाउन, गण्डक नहरबाट प्रभावित बासिन्दालाई आश्वासन मात्र भन्दा भइरहेका कार्यबारे जानकारी दिलाउन, भूमि आयोग गठन गर्न र उखु खेतीमा लागेका कृषकलाई पुरानो बााकी रकम भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो। सभामुख सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकको विहिवारको शून्य समयमा करिव ३५ सभासद्ले बोल्नुभएको थियो।  

रितेश र आशिषका हत्यारा सार्वजनिक

30 min 47 sec ago
काठमाडौं। ताहाचलका दुई किशोरको हत्याकाण्डमा संलग्न एक जना आरोपीलाई प्रहरीले पक्राउ गरी विहिबार सार्वजनिक गरेको छ। प्रहरीले विहिबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न भनिएका सुनसरी घर भई हाल काठमाडौंको सीतापाइला बस्ने राजेन्द्र पण्डितलाई सार्वजनिक गरेको हो। महानगरीय प्रहरी प्रभाग प्रमुख रमेश श्रेष्ठले राजेन्द्रले प्रहरी सामू हत्यामा आफ्नो संलग्नता रहेको स्वीकारेको जानकारी दिनुभयो। प्रहरीका अनुसार राजेन्द्रसँगै हत्यामा संलग्न अन्य दुइजना भने फरार रहेका छन्। राजेन्द्रले प्रहरीलाई दिएको बयान अनुसार सुनसरी घर भई हाल सतुंगल बस्ने विरेन्द्र पण्डित र दिपक महतोको पनि संलग्नता रहेको प्रहरीले बताएको छ। अन्य आरोपीहरुको पहिचान भइसकेकोले खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ। यससँगै प्रहरीले राजधानीका अन्य विभिन्न स्थानमा भएका लुटपाटमा संलग्न आरोपीहरुलाई पनि सार्वजनिक गरेको छ। सार्वजनिक गरिनेहरुमा सिन्धुपाल्चोक घर भई काठमाडौंका विभिन्न स्थानमा डेरामा बस्दै आएका दलजित तामाङ, शंकर तामाङ, समीर तामाङ, अजय श्रेष्ठ, कृष्णबहादुर शाक्य, आइतमान तामाङ, दोर्जे तामाङ, विशाल तामाङ भक्तबहादुर श्रेष्ठ र साइँला श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।

कांग्रेस सभासद्ले राष्ट्रियताबारे चिनियाँ विदेशमन्त्रीले बोलेका विषयमा सरकारी धारणा मागे

30 min 47 sec ago
 काठमाडौं। सभासद्हरुले राष्ट्रियता बारे चिनियाँ विदेशमन्त्रीको धारणा बारे सरकारी धारणाको माग काठमाडौं। व्यवस्थापिकाको हैसियतमा संविधानसभाको बैठकमा सभासद्हरुले शान्ति सुरक्षा, शिक्षा, सडक निर्माण तथा नागरिकसँग प्रत्यष सारेाकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। संविधानसभा भवन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसिरहेको बैठकमा शून्य र विशेष समयमा बोल्दै सभासद्हरुले सरकारको कामकारबाहीका बारेमा ध्यानाकर्षण गराएका हुन्। शून्य समयमा बोल्दै नेपाली कांग्रेसका डा. रामशरण महतले चीनले नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन सहयोग गर्ने भन्ने समाचारप्रति ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमसत्ता कहाँबाट असुरक्षित भयो भन्ने विषयमा सरकारी धारणा माग्नुभएको छ। सभासद् राघववीर जोशीले अपांगता भएकाहरुलाई छुट्टै विद्यालयको व्यवस्था गरेर शिक्षामा पहुँच पुर्‍याउन आग्रह गर्नुभयो। सभासद् रामचन्द्र रायले तराईमा शान्ति सुरक्षाको अवस्था राम्रो नभएको भन्दै तराईमा सरकारको उपस्थिति नभएको बताउनुभयो। नेकपा माओवादीका सभासद् विश्वदीप लिङ्देनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकारलाई सहयोग गर्नुको सट्टा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संविधान लेखन प्रक्रियालाई ओझेलमा पार्नेगरी  आन्दोलनको धम्की दिएको आरोप लगाउनुभएको छ। बैठकमा कानुन न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देव गुरुङले पेश गर्नुहुने भनिएको अन्तरिम संविधानको छैंटौं संशोधन विधेयक पेश भएन। समय अभावका कारण विधेयकलाई कार्यसुचीबाट हटाइएको जानकारी सभामुख सुवासचन्द्र नेम्वाङले सदनलाई गराउनुभएको थियो। विधेयकमा उपनिर्वाचनमा २०६४ साल चैत मसान्तसम्ममा १८ वर्ष उमेर पुगेकाहरुले भाग लिन पाउने व्यवस्था गरिएको छ। साथै संशोधन विधेयकमा राजा तथा राजपरिवारको नाममा रहेका व्यवस्थाहरुलाई पनि संशोधन गर्न भनिएको थियो। संविधानसभा व्यवस्थापिकाको आगामी बैठक आउँदो २६ गते विहिवार बस्ने कार्यक्रम तय गरिएको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रले आचारसंहिता पालनाका लागि मन्त्रीहरुको निगरानी गर्ने

30 min 47 sec ago
काठमाडौं। सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि र कार्यक्षेत्र तयार  भएको छ। माओवादी संविधानसभा दलको कार्यालयमा सिंहदरबारमा केहीबेरअघि सकिएको संयन्त्रको पहिलो बैठकले समितिको अधिकार क्षेत्र र कार्यविधि तयार गरेको हो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै संयन्त्रका संयोजक तथा माओवादी नेता देव गुरुङले सरकारको भूमिका प्रभावकारी बनाउन सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएका कुराहरु प्रभावकारी ढंगबाट अगाडि बढाउने, आम जनतालाई परिवर्तनको अनुभूति गराउने किसिमबाट काम गर्न लगाउनेलगायतका विषय समेटिएको कार्यविधि टीओआरलाई बैठकले अन्तिम रुप दिएको जानकारी दिनुभयो। समितिले भोलिदेखि नै मन्त्रीहरुका लागि जारी गरिएको आचार संहिता पालना भए नभएका बारेमा निगरानी गर्ने भएको छ। सरकार सञ्चालनका लागि सत्तासीन दलहरुले गर्ने काममा सहमतिको वातावरण सिर्जना पहल गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ। कार्यविधि तथा अधिकार क्षेत्रमा संयन्त्रलाई आवश्यक परेको खण्डमा सरकारका मन्त्रीहरुलाई बोलाएर जनचासोका विषयमा स्पष्टीकरण र जानकारी लिन सकिने व्यवस्था गरिएको छ। कार्यविधिसँगै समितिको काम आजैबाट सुरु भएको पनि संयोजक गुरुङले जानकारी दिनुभयो। समितिले नागरिकका लागि सरकारको राहत कार्यक्रम, कूटनीतिक एवं राजनीतिक नियुक्ति, वैदेशिक समन्वय, सम्बन्ध विस्तारलगायत सबै विषयमा सरकारलाई सुझाव दिनेछ। समितिले भोलि जनताको प्रत्यक्ष सरोकार रहने पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतको आपूर्ति व्यवस्थाका बारेमा भइरहेका कार्यविवरणबारे जानकारी लिन आपूर्ति मन्त्री राजेन्द्र महत्तोलाई बोलाएको छ। भोलि अपराह्न ४ बजेपछि बस्ने बैठकमा समितिले आपूर्ति मन्त्रालयबाट भइरहेका कामकारबाहीका बारेमा जानकारी लिने पनि स्रोतले बताएको छ। यस्तै भोलि बस्ने बैठकमा सहभागी हुन तराईमा सशस्त्र संघर्षरत समूहसँग वार्ता गर्न सरकारका तर्फबाट गठित वार्ता टोलीका संयोजक तथा शान्तिमन्त्री जनार्दन शर्मा प्रभाकरसहित शान्तिवार्ता टोलीका सदस्यहरुलाई पनि वार्ताको प्रगतिका बारेमा जानकारी लिन बैठकमा बोलाएको स्रोतले जानकारी दियो।

राष्ट्रपति डा यादव र चिनियाँ विदेशमन्त्रीबीच नेपालको राजनीतिक अवस्थाबारे छलफल

30 min 47 sec ago
काठमाडौं। नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका चिनिया विदेशमन्त्री याङ जेइचीले आज राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ। नेपालको शान्ति प्रक्रिया, आर्थिक विकास लगायतमा सहयोग तथा राजनीतिक भेटघाटका लागि अस्ति नेपाल आउनुभएका जेइचीले केहीबेरअघि राष्ट्रपतिको कार्यालय शीतलनिवासमा राष्ट्रपति डा यादवसँग भेटवार्ता गर्नुभएको हो। भेटमा दुई पक्षीय सम्बन्ध तथा नेपालको राजनीतिक अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको कार्यालयस्रोतले बताएको छ। विदेशमन्त्री जेइचीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग हिजै भेटवार्ता गरिसक्नुभएको छ। यसैबीच आजै म्यानमानर तर्फ लाग्नु अघि भएको भेटमा विदेशमन्त्री जेइचीले केही राजनीतिक दलका नेताहरुसँग पनि नेपालको परिवर्तित राजनीतिक अवस्था, शान्ति प्रक्रियालगायतका विषयमा छलफल गर्नु भएको स्रोतले बताएको छ। यसअघि चीन सरकारले नेपालको विभिन्न क्षेत्रको विकासका लागि एक अर्ब २० करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो।

जातीय एकताबिना सम्मुन्नत नेपाल निर्माण हुन नसक्ने राष्ट्रपति डा. यादवको धारणा

30 min 47 sec ago
काठमाडौं। राष्ट्रपति डा.रामवरण यादवले सम्पूर्ण जातजाति र भाषाभाषीको एकताबिना सम्मुन्नत नेपाल निर्माण हुन नसक्ने बताउनुभएको छ। इलाममा किराात धर्मका गुरु आत्मानन्द लिङदेनको ५५औं जन्मोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले नयाँ नेपालको निर्माणमा सबै भाषाभाषी र धार्मिक सम्प्रदायको योगदान खाँचो रहेकोमा जोड दिनुभयो। राष्ट्रपति डा.यादवले नेपाल धर्मनिरपेक्ष मुलुकका रूपमा रूपान्तरण हुँदै आएको र आपसी सहिष्णुता कायम राखेर हामीबीच मैत्रीभाव र सद्भाव रहनु नेपालीको पहिचान भएको पनि उल्लेख गर्नुभयो। किराँत समुदायका सामाजिक–धार्मिक रूपान्तरण गर्नु महागुरु फाल्गुनन्द लिङ्देनको योगदान महत्वपूर्ण रहेको पनि राष्ट्रपति डा.यादवले बताउनुभयो। कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले नयाँ नेपालको निर्माण अभियानमा सबै वर्ग र भाषाभाषीको योगदान आवश्यक रहेको बताउनुभयो। दुईदिने सो कार्यक्रमका अवसरमा आयोजित गोल्डकप रनिङ कप फुटबल प्रतियोगिताका विजेता स्थानीय पकिलिराम (एम्नेस्टी) समूह र उपविजेता पााचथर, रवीका द राइजिङ क्लबका खेलाडीहरूलाई राष्ट्रपति डा.यादव र अध्यक्षले नेम्बाङले संयुक्तरूपमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो। गुरु चोत्लुङ अङसीमाङ सेवा समितिका अध्यक्ष केयरसिंह योङहाङका अनुसार त्यहाा आज र भोलि गुरु र माता पवित्र हाङमाको सुख र सुस्वास्थ्यको कामना गर्दै सेवासावाहरूले विशेष पूजाआजा गरी शुभकामनालगायतका कार्यक्रमको आयोजना गरिएको छ। बुधबार नै राष्ट्रपति डा.यादव र अध्यक्ष नेम्बाङले पाँचथरको जोरपोखरीमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुनुभयो। धार्मिक एवम् पर्यटकीयस्थल सो क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले आयोजित धान्याञ्चल कार्यक्रमको उद्घाटन गर्दै डा.यादवले राष्ट्रिय अखण्डतालाई बलियो बनाउन एक हुन सबैसँग आह्वान गर्नुभयो।

दस हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित १५ सदस्यीय कार्यदल गठन

30 min 47 sec ago
काठमाडौं। विभिन्न आयोग गठनबारे निर्णय गर्न बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठक सकिएको छ। बुधबारको बैठकले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य अनुसार सरकारले १५ सदस्यीय कार्यदल गठन गरेको छ। त्यस्तै बुधबारको बैठकमा कैलालीका कैलालीका पत्रकार जेपी जोशीको हत्या प्रकरणबारे छानबिनका लागि पनि तीन सदस्यीय छानबीन आयोग गठन गरेको छ। अधिवक्ता उमेश प्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा अधिवक्ता सालिग्राम सापकोटा र पत्रकार महेन्द्र विष्ट सदस्य रहनुभएको छ। मन्त्रीपरिषदको बैठकमा बोत्स्वानासँग कुटनैतिक सम्बन्धका लागि पहल गर्न निर्णय पनि गरिएको बताइएको छ। विभिन्न मुद्दामा छलफल चलेको बैठकले साक्षरता कार्यका लागि सम्बन्धी प्रधानमन्त्री स्वयंको अध्यक्षतामा एक समिति गठन गरेको छ भने पाकिस्तानसँगको पर्यटन सम्झौता पनि बैठकले अनुमोदन गरेको छ। बैठकमा सेना समायोजन विशेष समिति तथा सरकार सञ्चालनका लागि बन्न लागेको उच्चस्तरीय राजनीतिक समितिको विषयमा छलफल हुने र औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा उद्योग मजदुरहरुको तलबका विषयमा पनि छलफल हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन्।

सत्रौं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा प्रतिभाशाली अपाङ्गहरू पुरस्कृत

30 min 47 sec ago
काठमाडौं। संविधानसभा उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले सत्रौं अन्तराष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा राष्ट्रिय अपाङ्ग कोषले बुधबार राजधानीमा आयोजना गरेको प्रतिभा पुरस्कार तथा सहायक सामग्री वितरण समारोहमा अपाङ्ग, दलित, मधेसी, महिला र जनजातिका अधिकारलाई सुनिश्चितता प्रदान गर्न सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले जनपक्षीय संविधान निर्माण गर्न विभिन्न तह र तप्कामा सबैको समान दायित्व आवश्यक रहको बताउनुभयो। शारीरिक अपाङ्ग, दृष्टिविहीन र बहिरा तथा सुस्तश्रवण विधाका नौ जना प्रतिभाशाली अपाङ्गलाई बुधबार उपाध्यक्ष बस्नेतले विभिन्न विधामा पुरस्कृत गर्नुभएको थियो। यस वर्षको 'अपाङ्ग प्रतिभा' पुरस्कार चितवन, गोरखा र कास्कीका क्रमशः सुजन ढकाल, रवीन श्रेष्ठ र लक्ष्मी कार्कीलाई प्रदान गरिएको छ।  पुरस्कार राशि जनही नगद रू. १० हजार  एक रहेको छ। यसैगरी यस वर्षको 'अपाङ्ग शिक्षक' स्ाम्मान उदयपुर, सर्लाही र सुर्खेतका क्रमशः विश्वराज ढुङ्गाना, गणेशप्रसाद अधिकारी र युवराजकेशर खनाललाई प्रदान गरिएको छ।   पुरस्कार राशि जनही नगद रू. पाँच हजार एक रहेको छ। कोषले यसवर्षको 'चन्द्रकुमार भट्टराई नेत्रहीन' प्रतिभा पुरस्कार वासुदेव अधिकारी, काठमाडौंलाई र धनइन्दिरा राणा बहिरा पुरस्कार पिताम्बर लम्साल, रूपन्देहीलाई प्रदान गरिएको छ।  सो पुरस्कार जनही रू.पााच हजार एक नगदको छ। त्यस्तै कोषले यसवर्षको रू. पाँच हजार एक नगदको 'शारीरिक अपाङ्ग' प्रतिभा पुरस्कार गङ्गा पौडेल कपन, काठमाडौँलाई पुरस्कार प्रदान गरेको छ। कोषले बुधबार नैै ४० जना अपाङ्गलाई कृत्रिम हात, खुट्टा, सेतो छडी, बैशाखी, ह्विलचियर, ट्राइसाइकल, पनि वितरण गरेको थियो। नेपालमा करिब २४ लाख मानिस अपाङ्गपन रहेको पाइन्छ भने मुलुकमा बन्न्ा गइरहेको नयाँ संविधान निर्माणमा समानुपतिक तर्फबाट दुई जना सभासद् निर्वाचित भएका छन्। त्यसैगरी अपाङ्ग दिवसका अवसरमा महिला विकास कार्यालय, काठमाडौँले आज अपाङ्ग महिला सङ्घलाई सम्मान गरेको छ। अपाङ्गपन भएका महिलाको हकहित र अधिकार संरक्षणका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सो संस्थालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको हो। कार्यक्रममा काठमाडौाका सहायक प्रमुख जिल्ला अधिकारी सीताराम पोख्रेलले यस्तो सम्मानले अपाङ्गपन भएका व्यक्तिहरूलाई समाजमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभयो। सम्मानित संस्थाका अध्यक्ष टीका दाहालले आफूहरूलाई गरिएको सम्मानले समग्र अपाङ्गपन भएका व्यक्तिलाई गौरवको महसुस गराएको बताउनुभयो।

सेना समायोजन समितिमा संख्याको विवाद नगर्न एमालेको प्रधानमन्त्रीलाई आग्रह

30 min 47 sec ago
काठमाडौं। सेना समायोजन विशेष समितिमा कांग्रेसलाई सहभागी गराउन माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच छलफल भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्षसमेत रहेका परराष्ट्रमन्त्री उपेन्द्र यादवबीचको भेटमा सेना समायोजन समितिमा बस्ने संख्यामा वादविवाद नगर्ने विषयमा छलफल भएको छ। भेटपछि एमाले महासचिव खनालले समितिमा बस्नेको संख्या ठूलो कुरा नभएकाले लचिलो हुन आग्रह गर्नुभयो। कांग्रेसले समितिमा शान्ति मन्त्री सदस्य भएपछि आफ्नो तर्फबाट पनि दुईजना सदस्य हुनुपर्ने अडान राखेको छ। छलफलमा विभिन्न आयोगहरु छिट्टै गठन गर्नेबारेमा पनि छलफल भएको छलफलपछि महासचिव खनालले जानकारी दिनुभयो।

चीनद्वारा नेपाललाई सहयोगको घोषणा, प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो

30 min 47 sec ago
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री याङ जिइचीले भेटवार्ता गर्नुभयो।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनको सुरक्षा संवेदनशीलताप्रति नेपाल सरकार चनाखो रहेको छ भन्दै चीन विरोधी गतिविधि हुन नदिन नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हीराबहादुर थापाका अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालले विगतदेखि नै अपनाइ आएको एक चीन नीतिलाई पुनर्विचार नगरिने विश्वास व्यक्त गर्नु भयो। प्रधानमन्त्रीले नेपालमा हुने शान्ति र समृद्धिले चीनको स्थायित्वमा बन्न पुग्ने बताउँदै नेपालमा आर्थिक लगानी प्रवर्द्धन गर्न र चिनियाँ पर्यटक नेपालमा भित्र्याउन चीनको सकारात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो। उहाँले नेपाल र चीनबीचको सदियौँ पुरानो मित्रतालाई अझ फराकिलो र विस्तार गर्न तिब्बतको ल्हासासम्म आइपुगेको रेलसेवालाई नेपालसम्म विस्तार गर्न र दुवै देशबीचका आर्थिक क्रियाकलापका विविध क्षेत्रमा भइरहेका कार्यक्रमलाई पूरा गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीसँगको भेटपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै चीनका विदेशमन्त्री जिइचीले नेपालमा संविधानसभाको निर्वाचन सफलरूपमा सम्पन्न भएकोमा चीन सरकारले खुसी व्यक्त गरेको बताउनुभयो। उहाँले चुनावपछि बनेको सरकारले नेपाली जनताको प्रगति र समृद्धिका निम्ति बाटो खुल्ने विश्वास व्यक्त गर्दै यस अवसरमा नेपाललाई आर्थिकलगायतका सबै पक्षमा सहयोग गर्न चीन तत्पर रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री प्रचण्डले गृष्मकालीन ओलम्पिक समारोहको समापन कार्यक्रममा सहभागी हुनु भएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो। विदेशमन्त्री जिइचीले तिब्बतको संवेदनशीलताप्रति नेपाल सरकारले देखाएको तत्परताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत नेपालले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालमा बढी चिनियाँ पर्यटक प्रवर्द्धन गर्नेतर्फ चीनले पूर्ण सहयोग गर्ने जानकारी दिँदै नेपालमा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्ने तथा जनताजनताबीचको सम्बन्धलाई प्राथमिकता दिइने बताउनुभयो। भेटवार्तामा उहाँले विगतमै नेपाललाई छुटका रूपमा करिब २० करोड अमेरिकी डलरको ऋण सहयोग गर्ने प्रस्तावलाई पुनः सुरु गरिने बताउनुभयो।  प्रधानमन्त्रीलाई चीनको औपचारिक निम्ता चीनका प्रधानमन्त्री बेन जियावाओले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अनुकूल समयमा चीनको औपचारिक भ्रमणका निम्ति निमन्त्रणा गर्नुभएको छ। नेपालको भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री याङ जिइचीले प्रधानमन्त्री प्रचण्डलाई सो निमन्त्रणा हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा मन्त्रीहरु डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्री उपेन्द्र यादव, रक्षामन्त्री रामबहादुर थापा 'बादल', वरिष्ठ चिनियाँ अधिकारी तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीको सहभागिता थियो।

माओवादी मन्त्री देव गुरुङ्गको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन, नेपाल बैठकमा अनुपस्थित

30 min 47 sec ago
काठमाडौं। सरकार सञ्चालनका लागि सुझाव दिने उद्देश्यले माओवादी नेता देव गुरुङको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ ६ दलको बैठकले संयन्त्र गठन गरेको हो। अस्थायी रुपमा गुरुङलाई संयोजक तोकिए पनि स्थायीरुपमा पछि संयोजक तोकिने सहमति बैठकले गरेको छ। संयन्त्रमा माओवादीका तर्फबाट अर्का नेता वर्षमान पुन अनन्त सहभागी हुनुहुन्छ भने एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ। यस्तै, संयन्त्रमा मधेसी जनअधिकार फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र शरदसिंह भण्डारी, सद्भावना पार्टीका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण र रामनारायण सिंह, जनमोर्चाका तर्फबाट लीलामण पोखरेल र गिरिराजमणि पोखरेल तथा नेकपा संयुक्तका तर्फबाट चन्द्रदेव जोशी र सुनील मानन्धर रहनुभएको छ। एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपालको नाम पार्टीले पठाए पनि उहाँ भने आजको बैठकमा सहभागी नहुनुभएको स्रोतले बताएको छ। संयन्त्रमा सत्तारुढ ६ दलबाट दुई जनाका दरले प्रतिनिधि राख्ने निर्णय दलहरुले हिजोमात्रै गरेका थिए।

पट्रोलियम पदार्थको मूल्य पुन: घट्यो

30 min 47 sec ago
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः समायोजन गरेको छ। निगमको बुधबार राजधानीमा बसेको बोर्ड बैठकले पेट्रोल, मट्टितेल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। आम उपभोक्ताले खाना पकाउन प्रयोग गर्ने ग्याँसको मूल्य भने निगमले यसपटक पनि घटाएको छैन। पेट्रोलियम पदार्थमा गरिएको यो समायोजनबाट मट्टितेल र डिजेलको मूल्य ६० र पेट्रोलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ भएको छ। काठमाडौं उपत्यकाका लागि पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर साढे चार रुपैयाँ मूल्य घटाइएको छ। देशभर पेट्रोलियम पदार्थको मूल्य पाँच रुपैयाँ घटाइए पनि काठमाडौं उपत्यकाका लागि प्रदुषण शुल्क भनेर ५० पैसा लिने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिनुभयो। यस्तै आन्तरिक प्रयोगका लागि हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य पनि प्रतिहजार लिटरमा एक सय डलर घटाइएको निगमका प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो। बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरिएको आयल आपूर्ति सचिव एवं आयल निगमका सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम ओझाले जानकारी दिनुभयो। निगमले समायोजन गरेको मूल्यसूची  मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि लागू भएको हो ।

बढुवा गरिएका १६ प्रहरीको बढुवा रद्द

30 min 47 sec ago
काठमाडौं। प्रहरी प्रधान कार्यालयले प्रक्रिया नपुर्‍याई प्रहरी हबलदारमा बढुवा गरिएका १६ प्रहरीको बढुवा रद्द गर्दै संशोधनसहित अर्को सूची तयार गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई निर्देशन दिएको छ। बढुवा गर्दा आर्थिक अनियमितता भएको भन्दै प्रधान कार्यालयले छानबिन गरी कार्यकौशलता र वरिष्ठताका आधारमा बढुवा गर्न आयुक्तको कार्यालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ। आयूक्तको कार्यालयले गतसाता ६६ जना प्रहरी जवानलाई हबलदारमा बढुवा गरिएको थियो। बढुवा रद्द हुनेमा सबैभन्दा बढी प्रहरी पहरा गणका १० जना रहेका छन्। केही असन्तुष्ट जवानले आफूभन्दा कनिष्टलाई बढुवा गरेको महानिरीक्षक हेमबहादुर गुरुङसँग गुनासो गरेपछि महानिरीक्षक गुरुङले ठाडो आदेशमा दर्ज्यानी चिन्ह वितरण गर्न रोकिएको स्रोतले बताएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयले एक/दुई दिनभित्रै संशोधित सूची जारी गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ।

राजधानीमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा आएको प्रहरीको दाबी

30 min 47 sec ago
काठमाडौं। प्रहरीले राजधानी काठमाडौंमा हुने गरेका आपराधिक क्रियाकलाप नियन्त्रणमा आएको दाबी गरेको छ। प्रहरीले शान्ति सुरक्षाको अवस्था राम्रो भएको भन्दै गएको एक हप्तामा उपत्यकामा कुनै आपराधिक क्रियाकलाप नभएको दाबी गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख नवराज सिलवालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो दाबी गर्नुभएको हो। उहाँले कालीमाटीका दुई युवाको हत्यारालाई केही दिनमै पक्रेर सार्वजनिक गरिने जानकारी पनि दिनुभयो। उहाँले मुख्य–मुख्य चोकमा प्रहरी गस्ती बढाइएको बताउँदै अपराध नियन्त्रणका लागि स्मार्ट पोलिसी अपनाइएको जानकारी दिनुभयो।

मंसीर १५ सम्म पनि कब्जा सम्पत्ति फिर्ता नगरेर प्रधानमन्त्रीले सदनलाई ढाँटेको कांग्रेसको आरोप

30 min 47 sec ago
काठमाडौं। कांग्रेस सभासद्हरुले मंसिर १५ गतेसम्ममा माओवादीले विगतमा कब्जा गरेको सम्पत्ति फिर्ता गर्ने भने पनि अहिलेसम्म प्रक्रिया सुरु नगरेर प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्लाई ढाँटेको आरोप लगाएका छन्। व्यवस्थापिका संसद्को हैसियतमा अहिले बसिरहेको संविधानसभाको बैठकमा शून्य समयमा बोल्दै कांग्रेसका सभासदहरुले प्रधानमन्त्रीले सदनमा बोलेको विषय कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरेका छन्। कांग्रेस सभासद्हरुले माओवादी कार्यकर्ताले घरजग्गा कब्जा गरेपछि माओवादीका नेताहरु खुसी बन्ने गरेको आरोप लगाए। उनीहरुले हिजो पनि माओवादीले प्रधानमन्त्रीको प्रतिबद्धतटाविपरीत नेपालगन्जमा दुई सय बिघा जग्गा कब्जा गरिएको आरोप लगाए। एमालेका नारदमणि रानाले कैलालीका पत्रकार जोशीको हत्याको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो। व्यवस्थापिकाको हैसियतमा बसिरहेको आजको संविधानसभाको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

संघियतामा जानुअघि आदिवासी जनजाति र प्राकृतिक स्रोतको बाँडफाँड ध्यान दिन राष्ट्रसंघको सुझाव

30 min 47 sec ago
काठमाडौं। संयुक्त राष्ट्रसंघले नेपालमा नयाँ संविधान बनाउँदा आदिवासी जनजातिको प्राकृतिक स्रोत र साशन व्यवस्थामा कायम हुनुपर्ने अधिकारबारे सचेत हुन सुझाव दिएको छ। आठदिने नेपाल भ्रमणको अन्तिम दिन राष्ट्रसंघका आदिवासी जनजातिको अधिकारसम्बन्धी विशेष समाधीक्षक जेम्स अनायाले आज राजधानीमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिको भूमि अधिकार सुनिश्चित गर्न र यसअघि भएका प्राकृतिक स्रोतको प्रयोगसम्बन्धी सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभयो। विशेष समाधीक्षक अनायाले ऐतिहासिक रुपमा नै पाखा पारिएका समुदायलाई नयाँ संविधान बनाउने प्रक्रियामा समावेश गराउनुपर्ने उल्लेख गर्नुभयो।

शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा सभासदहरूद्वारा सरकारको आलोचना

4 hours 19 min ago
काठमाडौं। व्यवस्थापिका–संसदको विहिबारको शून्य समयमा अधिकांश सभासदले देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा सरकारको आलोचना गर्दै तुरुन्त स्थायी शान्तिका लागि पहल गर्न माग गर्नुभयो। उहाँहरुले काठमाडौँलगायत अन्य जिल्लामा दिनदहाडै व्यक्तिको अपहरण गरी हत्या गर्ने क्रम नरोकिएको, वाईसीएल र युथफोर्सलाई सम्बद्ध राजनीतिक दलले नियन्त्रणमा राख्न नसकेको आरोप लगाउँदै शान्ति सुरक्षाको पहल गर्न नसक्ने सरकारले कस्तो नयाँ नेपाल बनाउने हो भन्दै गृहमन्त्रीले यस विषयमा सदनमा जानकारी दिन माग गर्नुभयो। शून्य समयमा प्रमुख प्रतिपक्षी दलका एक विधायकले रामहरि हत्याप्रकरण सार्वजनिक नगरेको, विदेशी मुलुकका प्रतिनिधिले देशको सार्वभौमको रक्षाको बारेमा दिएको अभिव्यक्तिले देशको सार्वभौम रक्षा आफैले गर्ने वा विदेशीले गर्ने हो स्पष्ट नभएको उल्लेख गर्नुभयो भने सत्तारुढ दलकै अर्का एक विधायकले भने नयाँ नेपाल निर्माण गर्ने काममा संसदमै प्रतिनिधित्व गर्ने एक दलले भाँजो हाल्ने काम गरेको बताउनुभयो। अन्य सभासदले तराईका बनजंगल फडानी गरी भारततर्फ काठ तस्करी गरेको, पश्चिम पहाडी भेगका बासिन्दालाई चाडबाडमा समेत चामल उपलव्ध नगराएको, उदयपुर जिल्ला अस्पतालमा दरबन्दीबमोजिमका चिकित्सक नहुँदा जनता मारमा परेको, देशकै नमूनाको रुपमा रहेको केबुलकार बन्द हुँदा राजस्व नउठनुका साथै सम्बद्ध व्यवसायी समेत मारमा परेको, धनकुटामा टेन्डर खोल्दा व्यवसायीहरुलाई वाईसीएल र युथफोर्सले दःुख दिने गरको, वर्षाबाट प्रभावित सुदूरपश्चिमका बासिन्दालाई राहतको राम्रो प्रबन्ध नभएको, इन्धनको मूल्य घट्दा पनि सवारी साधनको भाडा घटाउनेतर्फ ध्यान नदिएको, राजधानीमा बढदो ट्राफिक जाम हटाउन बेवास्ता गरेको र चन्दा आतङ्क रोक्न सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो। उहाँहरुले दुर्गम जिल्ला डोल्पाको पाँच गाविसमा भिस्याट उपलब्ध गराउन, डोल्पा जाजरकोट बाटो छिटै निर्माण गर्न, कालीमाटीमा व्यापार गर्दै आएका मधेसी समुदायलाई अन्य व्यापारीसरह सुविधा उपलब्ध गराउन, खोटाङ जिल्लाका बाटो र पुल निर्माण गरी यातायात सुचारु सञ्चालन गराउन, महिलाविरुद्धको हत्या हिंसा अन्त्य गराउन, दुर्गम जिल्लामा कर्मचारी तथा चिकित्सक खटाउन, रोल्पा जिल्लामा केही दिन अघि भएको गोलीकाण्डको छानविन गराउन, घरायसी कामका लागि दाउरा काटन गएका दाङका थारुहरुलाई छुटकारा दिलाउन, गण्डक नहरबाट प्रभावित बासिन्दालाई आश्वासन मात्र भन्दा भइरहेका कार्यबारे जानकारी दिलाउन, भूमि आयोग गठन गर्न र उखु खेतीमा लागेका कृषकलाई पुरानो बााकी रकम भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो। सभामुख सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकको विहिवारको शून्य समयमा करिव ३५ सभासद्ले बोल्नुभएको थियो।  

रितेश र आशिषका हत्यारा सार्वजनिक

4 hours 19 min ago
काठमाडौं। ताहाचलका दुई किशोरको हत्याकाण्डमा संलग्न एक जना आरोपीलाई प्रहरीले पक्राउ गरी विहिबार सार्वजनिक गरेको छ। प्रहरीले विहिबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न भनिएका सुनसरी घर भई हाल काठमाडौंको सीतापाइला बस्ने राजेन्द्र पण्डितलाई सार्वजनिक गरेको हो। महानगरीय प्रहरी प्रभाग प्रमुख रमेश श्रेष्ठले राजेन्द्रले प्रहरी सामू हत्यामा आफ्नो संलग्नता रहेको स्वीकारेको जानकारी दिनुभयो। प्रहरीका अनुसार राजेन्द्रसँगै हत्यामा संलग्न अन्य दुइजना भने फरार रहेका छन्। राजेन्द्रले प्रहरीलाई दिएको बयान अनुसार सुनसरी घर भई हाल सतुंगल बस्ने विरेन्द्र पण्डित र दिपक महतोको पनि संलग्नता रहेको प्रहरीले बताएको छ। अन्य आरोपीहरुको पहिचान भइसकेकोले खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ। यससँगै प्रहरीले राजधानीका अन्य विभिन्न स्थानमा भएका लुटपाटमा संलग्न आरोपीहरुलाई पनि सार्वजनिक गरेको छ। सार्वजनिक गरिनेहरुमा सिन्धुपाल्चोक घर भई काठमाडौंका विभिन्न स्थानमा डेरामा बस्दै आएका दलजित तामाङ, शंकर तामाङ, समीर तामाङ, अजय श्रेष्ठ, कृष्णबहादुर शाक्य, आइतमान तामाङ, दोर्जे तामाङ, विशाल तामाङ भक्तबहादुर श्रेष्ठ र साइँला श्रेष्ठ रहेका प्रहरीले जनाएको छ।

कांग्रेस सभासद्ले राष्ट्रियताबारे चिनियाँ विदेशमन्त्रीले बोलेका विषयमा सरकारी धारणा मागे

4 hours 19 min ago
 काठमाडौं। सभासद्हरुले राष्ट्रियता बारे चिनियाँ विदेशमन्त्रीको धारणा बारे सरकारी धारणाको माग काठमाडौं। व्यवस्थापिकाको हैसियतमा संविधानसभाको बैठकमा सभासद्हरुले शान्ति सुरक्षा, शिक्षा, सडक निर्माण तथा नागरिकसँग प्रत्यष सारेाकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। संविधानसभा भवन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसिरहेको बैठकमा शून्य र विशेष समयमा बोल्दै सभासद्हरुले सरकारको कामकारबाहीका बारेमा ध्यानाकर्षण गराएका हुन्। शून्य समयमा बोल्दै नेपाली कांग्रेसका डा. रामशरण महतले चीनले नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन सहयोग गर्ने भन्ने समाचारप्रति ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमसत्ता कहाँबाट असुरक्षित भयो भन्ने विषयमा सरकारी धारणा माग्नुभएको छ। सभासद् राघववीर जोशीले अपांगता भएकाहरुलाई छुट्टै विद्यालयको व्यवस्था गरेर शिक्षामा पहुँच पुर्‍याउन आग्रह गर्नुभयो। सभासद् रामचन्द्र रायले तराईमा शान्ति सुरक्षाको अवस्था राम्रो नभएको भन्दै तराईमा सरकारको उपस्थिति नभएको बताउनुभयो। नेकपा माओवादीका सभासद् विश्वदीप लिङ्देनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकारलाई सहयोग गर्नुको सट्टा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संविधान लेखन प्रक्रियालाई ओझेलमा पार्नेगरी  आन्दोलनको धम्की दिएको आरोप लगाउनुभएको छ। बैठकमा कानुन न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देव गुरुङले पेश गर्नुहुने भनिएको अन्तरिम संविधानको छैंटौं संशोधन विधेयक पेश भएन। समय अभावका कारण विधेयकलाई कार्यसुचीबाट हटाइएको जानकारी सभामुख सुवासचन्द्र नेम्वाङले सदनलाई गराउनुभएको थियो। विधेयकमा उपनिर्वाचनमा २०६४ साल चैत मसान्तसम्ममा १८ वर्ष उमेर पुगेकाहरुले भाग लिन पाउने व्यवस्था गरिएको छ। साथै संशोधन विधेयकमा राजा तथा राजपरिवारको नाममा रहेका व्यवस्थाहरुलाई पनि संशोधन गर्न भनिएको थियो। संविधानसभा व्यवस्थापिकाको आगामी बैठक आउँदो २६ गते विहिवार बस्ने कार्यक्रम तय गरिएको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रले आचारसंहिता पालनाका लागि मन्त्रीहरुको निगरानी गर्ने

4 hours 19 min ago
काठमाडौं। सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि र कार्यक्षेत्र तयार  भएको छ। माओवादी संविधानसभा दलको कार्यालयमा सिंहदरबारमा केहीबेरअघि सकिएको संयन्त्रको पहिलो बैठकले समितिको अधिकार क्षेत्र र कार्यविधि तयार गरेको हो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै संयन्त्रका संयोजक तथा माओवादी नेता देव गुरुङले सरकारको भूमिका प्रभावकारी बनाउन सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएका कुराहरु प्रभावकारी ढंगबाट अगाडि बढाउने, आम जनतालाई परिवर्तनको अनुभूति गराउने किसिमबाट काम गर्न लगाउनेलगायतका विषय समेटिएको कार्यविधि टीओआरलाई बैठकले अन्तिम रुप दिएको जानकारी दिनुभयो। समितिले भोलिदेखि नै मन्त्रीहरुका लागि जारी गरिएको आचार संहिता पालना भए नभएका बारेमा निगरानी गर्ने भएको छ। सरकार सञ्चालनका लागि सत्तासीन दलहरुले गर्ने काममा सहमतिको वातावरण सिर्जना पहल गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ। कार्यविधि तथा अधिकार क्षेत्रमा संयन्त्रलाई आवश्यक परेको खण्डमा सरकारका मन्त्रीहरुलाई बोलाएर जनचासोका विषयमा स्पष्टीकरण र जानकारी लिन सकिने व्यवस्था गरिएको छ। कार्यविधिसँगै समितिको काम आजैबाट सुरु भएको पनि संयोजक गुरुङले जानकारी दिनुभयो। समितिले नागरिकका लागि सरकारको राहत कार्यक्रम, कूटनीतिक एवं राजनीतिक नियुक्ति, वैदेशिक समन्वय, सम्बन्ध विस्तारलगायत सबै विषयमा सरकारलाई सुझाव दिनेछ। समितिले भोलि जनताको प्रत्यक्ष सरोकार रहने पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतको आपूर्ति व्यवस्थाका बारेमा भइरहेका कार्यविवरणबारे जानकारी लिन आपूर्ति मन्त्री राजेन्द्र महत्तोलाई बोलाएको छ। भोलि अपराह्न ४ बजेपछि बस्ने बैठकमा समितिले आपूर्ति मन्त्रालयबाट भइरहेका कामकारबाहीका बारेमा जानकारी लिने पनि स्रोतले बताएको छ। यस्तै भोलि बस्ने बैठकमा सहभागी हुन तराईमा सशस्त्र संघर्षरत समूहसँग वार्ता गर्न सरकारका तर्फबाट गठित वार्ता टोलीका संयोजक तथा शान्तिमन्त्री जनार्दन शर्मा प्रभाकरसहित शान्तिवार्ता टोलीका सदस्यहरुलाई पनि वार्ताको प्रगतिका बारेमा जानकारी लिन बैठकमा बोलाएको स्रोतले जानकारी दियो।
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • next ›
  • last »

World Clock

Nepal
Germany
UK
USA CT

Navigation

  • Recent posts
  • Feed aggregator
    • Sources

User login

  • Create new account
  • Request new password

Contact US

---

Watch the latest videos on YouTube.com
Schoolsofpeace.com©2008, "serving voice of the voiceless"
RoopleTheme