Ads

Feed aggregator

विश्व बैकद्वारा ८ अर्ब ८६ करोड अनुदान सहयोग

weekly Nepal - 26 August, 2008 - 22:36
 काठमाडौं। विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले सरकारलाई झण्डै ८ अर्ब ८६ करोड रुपैया अनुदान सहयोग गरेको छ। विश्व बैकले आपतकालीन शान्ति सहयोग कार्यक्रम, स्वास्थ्य क्षेत्र कार्यक्रम र दोस्रो ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्न सरकारलाई अनुदान दिएको हो। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज हस्ताक्षर भएको छ। माओवादीले सरकारको नेतृत्व गरेपछि बहुराष्ट्रिय दातृ संस्थाबाट प्राप्त भएको यो पहिलो अनुदान हो। अनुदान रकममध्ये आपतकालीन शान्ति सहयोग कार्यक्रमका लागि ३ अर्ब ४८ करोड , स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि ३ अर्ब ४८ करोड र ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि १ अर्ब ८८ करोड रुपैया छुट्टयाइएको छ। अर्थमन्त्रालयका अनुसार आपतकालीन शान्ति सहयोग कार्यक्रमका लागि उपलब्ध हुने अनुदान रकमबाट द्वन्द्वबाट पीडित पक्षहरुका लागि राहत उपलब्ध गराइने, द्वन्द्वका क्रममा मारिएका परिवारका लागि राहत दिइने, विस्तृत शान्ति सम्झौता अन्तर्गत माओवादीका लडाकूहरुलाई उपलब्ध गराइने भनिएको तलब भत्ता दिइने छ। यस्तै शान्ति निर्माण, पुनर्स्थापनाजस्ता कार्यक्रमका लागि सरकारको क्षमता अभिवृद्धिमा अनुदान रकम खर्चिनेछ। सम्झौतापछि शिविरमा रहेका माओवादी लडाकूहरुले केही महिनादेखिको भत्ता पाउनेछन्। यस्तै स्वास्थ्य क्षेत्र कार्यक्रमको अनुदान रकम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको क्षमता अभिवृद्धि गर्न तथा अत्यावश्यक स्वास्थ्य सेवालाई ग्रामीणक्षेत्रमा विस्तार गर्न खर्चिनेछ। सहयोग सम्बन्धी सम्झौतामा अर्थसचिव रामेश्वरप्रसाद खनाल र विश्व बैङ्कका नेपालस्थित राष्ट्रिय निर्देशक सुसान गोल्डमार्कले हस्ताक्षर गर्नुभयो । समारोहमा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराई र विश्व बैङ्कका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष इसावेल गुरेरो उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपालको सामाजिक, आर्थिक सहयोगमा विश्व बैङ्कले उल्लेखनीय सहयोग पुर्‍याएको भन्दै अर्थसचिव खनालले आभार व्यक्त गर्नुभयो।

बाढीबाट करिब ४० हजार विस्थापित भएको गृह मन्त्रालयको भनाई

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौं। ग्ृाह मन्त्रालयले सप्तकोसी नदीको बाढी र डुबानका कारण ४० हजार ३ सय ७८ जना पूर्ण रुपमा बिस्थापित भएको जनाएको छ। मन्त्रालयले जारी बिज्ञप्ति गरेको अनुसार सुनसरीका हरिपुर, श्रीपुरजब्दी, लौकही र पश्चिम कसाहा गाविस पूर्ण प्रभावित छन्। नरसिंह, बसन्तपुर र धुम्की गाविस पनि बाढीबाट प्रभाव भएको बताईएको छ। बाढीका कारण हालसम्म ६० वर्षीया महिला जानकी देवी यादवको मात्र मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उद्धार र राहतलाई प्रभावकारी तुल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिएको जनाएको छ। यसैगरी, बाढीको कटान र डुबानबाट सुनसरीमा ३ सय ९५ चौपायाको मृत्यु भएको पशु सेवा विभागले जनाएको छ। पशुको उपचारका लागि भोक्राहा, लौकही र मधुवनमा तीन वटा पशुसेवा शिविर सञ्चालन गरिएको र उपचारका क्रममा अधिकांश पशुमा आँखा पाक्ने, ज्वरो आउने र पखाला लाग्ने रोगको समस्या बढेको पाइएको छ। डुबान क्षेत्रमा पशुको उपचारमा समयमै ध्यान नदिइएमा रोगको महामारी फैलिन सक्ने बताइएको छ। त्यस्तै बाढीले सुनसरीका आधा दर्जन गाविसका पाँच हजार २ सय ७५ हेक्टर कृषियोग्य जमिन तथा त्यसमा लगाइएका नगदे बाली पूर्णरूपमा नष्ट भएको छ। ब्ाढीका कारण सुनसरीमा १५ करोड रुपैया बराबरको कृषि बाली नष्ट भएको प्रारम्भिक अनुमान छ।  त्यसैगरी, मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३ दर्जन घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटारमा आज बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि पोखरा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो दाङबाट काठमाण्डौ आउँदै गरेको ना ३ ख २४९१ नम्बरको बस एक्कासी सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेपनि सबै पुरुष भएको  र दुर्घटनामा परि अन्य २६ जना घाइते भएका छन्। घाइते मध्ये गम्भिर अवस्था भएकालाई थप उपचारका लागि पोखरा लगिएको छ भने अन्यको स्थानिय बेलचौरा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भैरहेकोले थप विवरण आउन नसकेको प्रहरीले जनाएको छ। उता ललितपुरमा एउटा माइक्रो बस आज बिहान  दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। ललितपुरको टोखाबाट काठमान्डौ जादै गरेको बा १ ज ८९४७ नम्बरको माइक्रोबस सडकबाट तल खस्दा दुर्घटनाग्रस्त भएको हो। घाइते सबैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। घाइतेमध्ये सुनिता रनपाल र मैया कार्कीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। राजधानीमा गएराति मिनि ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। राति साँढे १० बजे थानकोटबाट कलंकी आउँदै गरेको बा १ ख ५१५२ नम्बरको मिनि ट्रकले ठक्कर दिदा विपरित दिशाबाट गईरहेको बा १६ प ४५९६ नम्बरको मोटरसाइकलका चालक ४५ वर्षिय जिवन थापाको घटनास्थलमा नै मृत्यु भएको हो। मिनि ट्रक र त्यसको चालक महानगरीय प्रहरी वृत्त कालीमाटीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

निर्वाचनमा पराजयका विषयमा केन्द्रिय सदस्यहरुद्वारा कांग्रेस नेतृत्वको चर्को आलोचना

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौं। प्रतिपक्षीको सशक्त भुमिकाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री विमलेन्द्र निधीले हिजो नै प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा पालैपालो राख्ने क्रम चलिरहेको छ। वक्ताहरुले आफ्नो धारणा राख्ने क्रममा पार्टीले संविधान सभाको चुनावमा भोगेको पराजयको नेतृत्व पंक्तिले जिम्मा लिनुपर्ने बताउँदै पार्टीको महाधिवेशनको मिति तोक्न माग गरेका छन्। उनीहरुले सरकारमा सामेल भएका नेताहरुले पार्टीलाई ध्यान नदिएकाले कांग्रेसले अहिलेको अवस्था भोग्नु परेको दावी पनि गरेका छन्। यसैगरी, आजको बैठकमा पार्टीे महाधिबेशनको तिथि तोक्ने, पार्टीको भावी रणनीति तय गर्ने, पार्टी संविधानसभा दलको विधान निर्माणलगायतका विषयमा पनि अन्य केन्द्रिय सदस्यहरुले समेत आ―आफ्नै धारणा राख्नुहुने बताइएको छ। यसअघि, महामन्त्री निधिले प्रस्तुत गर्नुभएको १३ पृष्ट लामो प्रतिबेदनमा संविधानसभादलको विधान मस्यौदा समिति गठन, सङ्घीय संरचना संविधानसभा दलको विधान मस्यौदा समिति गठन, सङ्घीय संरचना समिति लगायत समसामयिक राजनीतिक घटना समेटिएको छ। हिजोदेखि शुरु भएको वैठकको शुरुमै अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी महाधिबेशन जतिसक्दो छिटो वोलाउन माग गरेका थिए।

जनसेना शिविरबाट बालबालिकालाई हटाउन राष्ट्रसङ्घको आग्रह

weekly Nepal - 26 August, 2008 - 22:36
 काठमाडौं। संयुक्त राष्ट्रसंघले नेपाली जनसेनाको शिविरमा रहेका करिब तीन हजार बालबालिकालाई तुरुन्त मुक्त गर्न आग्रह गरेको छ। राष्ट्रसंघका महासचिव बान की मुनका विशेष प्रतिनिधि तथा राष्ट्रसंघको बालबालिका र सशस्त्र द्वन्द्व हेर्नुहुने राधिका कुमारस्वामीले मङ्गलबार एक विज्ञप्ति निकालेर नेपाल सरकार र माओवादीलाई यस्तो आग्रह गर्नुभएको हो। विज्ञप्तिमा, बृहत् शान्ति सम्झौता भएर जनयुद्धको औपचारिक अन्त्य भइसके पनि अझै जनसेनाको शिविरबाट बालबालिकालाई औपचारिक रुपमा मुक्त नगरिएको उल्लेख छ। धेरै बालबालिकालाई अनौपचारिक रुपमा मुक्त गरिएको भए पनि औपचारिक रुपमा उनीहरुलाई शिविरबाट विस्थापित नगरिएको विज्ञप्तिमा लेखिएको छ। संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन र राष्ट्रसंघीय बालकोष युनिसेफको गत वर्षको तथ्यांकअनुसार दुई हजार नौ सय ७३ जना बालबालिका अझैपनि माओवादी जनसेनाकेा शिविरमा रहेका छन्। महासचिव मुनका विशेष प्रतिनिधि राधिकाले अनमिन र युनिसेफले ती बालबालिकाको अधिकार रक्षा भए नभएको र उनीहरुको पुनर्स्थापनाको बारेमा जानकारी पाउन पनि सरकारस147ग माग गर्नुभएको छ।

एमाले बैठकमा सरकारमा सहभागितापछिको रणनीति बारे छलफल

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौं। भाद्र १४ गते हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने एजेण्डाका बारेमा छलफल गर्न एमाले संगठन विभागको बैठक आज बसेको छ। पार्टीको संगठन विभाग प्रमुख अमृतकुमार बोहराको अध्यक्षतामा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीले लिनुपर्ने रणनीतिबारे छलफल गरेको छ। पार्टीमा माओवादीसँगको सरकारमा सहभागितापछि सङ्गठन सुदृढिकरणमा हुने असरका बारेमा पनि बैठकमा छलफल भएको जानकारी नेता बोहराले दिनुभयो। पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकमा आगामी मङ्सिर महिनामा हुने पार्टीको महाधिवेशनको एजेन्डा तयार गर्ने विषयमा पनि छलफल भएको नेता बोहराको भनाई थियो। त्यसैगरी, काठमाडौं। पार्टीले सुदूरपश्चिमलाई उपेक्षा गरेको भन्दै एमालेका असन्तुष्ट केन्द्रीय सदस्यको भेला आज राजधानीमा सुरु भएको छ। राजधानीको मीनभवन क्याम्पसमा चलिरहेको भेलामा सुदूरपश्चिमका नौ र कर्णालीका चार जिल्ला सम्पर्क समितिका प्रतिनिधिहरुको उपस्थिती रहेको नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारको विभिन्न निकायमा सुदूरपश्चिम र कर्णालीका प्रतिनिधि नसमेटिएकाले सबै निकायमा प्रतिनिधि गराउन दबाब दिन भेला डाकिएको हो। यही १४ गते हुने केन्द्रीय समितिको बैठकमा पनि यसै विषयमा कुरा उठाइने र आफूहरुको प्रस्तावमा कुनै सुनुवाइ नभए जिल्ला जिल्लामा गएर आन्दोलन गरिने सुदूरपश्चिमका एमाले नेताहरुले चेतावनी दिएका छन्।

भारतसँग जोगबनी–रक्सौल मार्ग माग गर्न सरकारसँग व्यवसायीको आग्रह

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौं। सप्तकोशीको तटबन्ध फुटेर निस्किएको बाढीले भत्काएको मोरङस्थित पूर्व–पश्चिम राजमार्गको विकल्प खोज्न माग गर्दै यातायात व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन्। व्यवसायीहरुले राजधानीको शंखमुलस्थित मधेसी जनअधिकार फोरमको कार्यालयमा मङ्गलबार बिहान परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई भेटी आग्रह गरेका हुन्। सडक मर्मतगरी यातायात सुचारु गर्न अझै केही समय लाग्ने भएकाले भारतको मार्ग प्रयोग गरी यातायात सञ्चालनको वैकल्पिक व्यवस्था गर्न परराष्ट्र मन्त्रीसँग आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। कोशीमा राजमार्ग बन्न धेरै समय लाग्ने भएकाले भारतको जोगबनी, भीमनगर, पानीटंकी, रक्सौलका सीमाबाट नै पासको व्यवस्था मिलाइदिन आग्रह गरेको कोषाध्यक्ष सिटौलाले बताउनुभयो। परराष्ट्रमन्त्री यादवले बिहिबारबाट हुने आफ्नो भारत भ्रमणमा सीमा पास र दुर्घटना बिमाका विषयमा त्यहाँका विदेशमन्त्रीसँग कुरागर्ने आश्वासन दिएको सिटौलाले जानकारी दिनुभयो। भत्केको सडक खण्डको मर्मतका लागि सर्भे गर्न गएका अधिकारीहरुले कोशी बाँधदेखि १० किलोमिटर सडकखण्डका विभिन्न भागमा बाढीले क्षतिग्रस्त बनाएको बताएका छन्। मुख्य राजमार्गको खण्ड विक्षद भएकाले पूर्व–पश्चिम राजमार्गमा यातायात सुचारु हुन नसक्दा मुलुकमा ढुवानी, आवागमनलगायत ठप्प भएको छ। व्यवसायीहरुले समयमै वैकल्पिक मार्ग प्रयोगका लागि कूटनीतिक पहल नगरे व्यवसायी धराशयी हुने र अभाव चुलिँदै जाने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।  

आपूर्ति व्यवस्था सहज बनाउन सरकार माग गर्दै ग्यास विक्रेताहरु आन्दोलनमा

weekly Nepal - 26 August, 2008 - 22:36
 काठमाडौं। ग्याँसको आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग बारम्बार पहल गर्दा पनि बेवास्ता गरेको भन्दै ग्याँस विक्रेता संघले आजबाट आफ्नो आन्दोलनलाई तीव्र बनाएको छ।  संघका महासचिव ज्ञानेश्वर अर्यालले आन्दोलनका क्रममा आज नेपालका सम्पूर्ण ग्याँस उद्योगमा तालाबन्दी गर्ने जानकारी दिनुभयो।  संघले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेमा अझ सशक्त कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ।  नेपालका विराटनगर, वीरगन्ज, चितवन, नवलपरासी, पोखरा, धादिङ, काठमाडौं, काभ्रेमा गरी २२  वटा ग्याँस उद्योग रहेका छन्।  ग्याँस आपूर्ति सहज नबन्दा राजधानी काठमाडौंलगायत देशभर उपभोक्ता मारमा पर्दै आएका छन्।  ग्याँसको आपूर्ति गर्ने जिम्मा पाएको निकाय नेपाल आयल निगम भने आपूर्तिबाट धेरै घाटा भएको भन्दै आपूर्ति कटौती गर्दै आएको छ।  निगमले आवश्यक रकमको व्यवस्था गरेर छिट्टै थप आपूर्ति गर्ने पनि जानकारी दिएको छ।

सरकार ढाल्ने षड्यन्त्र सुरु भइसकेको छ: अर्थमन्त्री भट्टराई

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौं। अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले माओवादी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सुरु भइसकेको बताउनुभएको छ। हस्तकला उद्योग संघद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर भट्टराईले सरकार एक सय दिन पनि टिक्न नदिने ध्वाँस सुनिन थालेको बताउनुभयो। माओवादीको सरकार नटिके अरु कसैको पनि सरकार टिक्न नसक्ने दाबी गर्दै उहाँले जनताको बलले भए पनि माओवादी सरकार टिकाएरै छाड्ने बताउनुभयो। भदौभित्र सरकारको नयाँ बजेट सार्वजनिक गरिने बताउँदै उहाँले जनतालाई राहत दिने कार्यक्रम बजेटमा समावेश हुने आश्वासन पनि दिनुभयो।

वामदेवलाई दोस्रो मर्यादा क्रम दिन माओवादी तयार

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौं। नेकपा माओवादीका विदेश विभाग प्रमुख सीपी गजुरेलले नेकपा एमालेका तर्फबाट सरकारको नेतृत्व गर्ने स्थायी कमिटी सदस्य वामदेव गौतमलाई सरकारको मर्यादाक्रममा दोस्रो स्थान दिनुपर्ने बताउनुभएको छ। रिपोर्टर्स क्लबले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले गौतमलाई दोस्रो मर्यादामा राख्न ढिलो गरेर आफ्नो दलले समेत गल्ती गरेको बताउनुभयो। मर्यादाक्रमको विवादलाई औचित्यहीन र अनावश्यक भन्दै यसबाट जनतासामु नकारात्मक सन्देश गएको बताउनुभयो। नेता  गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कारण भारत रिसाउनुपर्ने कुनै कारण नभएको पनि बताउनुभयो। आफूहरु वैधानिक ढंगले जनतन्त्र ल्याउन अगाडि बढेको भन्दै उहाँले सरकार, संविधानसभा र सडकबाट संघर्ष गरेर जनगणतन्त्र ल्याइछाड्ने दाबी गर्नुभयो। नेकपा एमाले स्थायी समिति सदस्य प्रदीप नेपालले माओवादीले ढाडमा टेकेर टाउकोमा हान्ने आचरण नछाडेकाले उसको नेतृत्वमा एमाले कुनै हालतमा सरकारमा जान नहुने बताउनुभयो। सरकारको मर्यादाक्रममा दोस्रो स्थान दिए पनि सरकारमा जान नहुने नेता नेपालले बताएका छन्। माओवादी नेतृत्वको सरकारमा सहभागी भए एमालेका मन्त्रीहरुले दुःख पाउने भन्दै नेपालले एमालेका नेताहरुको सज्जनताको फाइदा उठाएर माओवादीले पाएका मन्त्रालयहरु पनि कमजोर बनाइदिएको बताउनुभयो। माओवादीले सहमतिको राजनीतिलाई तोडेर बहुमतीय प्रणालीको शुरुवात गरेको भन्दै उहाँले आन्दोलनकारी दलहरुको गठबन्धन टुटिसकेकाले सहमतिको राजनीति पनि समाप्त भएको बताउनुभयो।

प्रधानमन्त्रीद्वारा बेइजिङमा विभिन्न ऐतिहासिक स्थलको अवलोकन

weekly Nepal - 26 August, 2008 - 22:36
 mosimage}काठमाडौं। २९ औं गृष्मकालीन बेइजिङ ओलम्पिकको समापन समारोहमा रहभागी हुन चीनको बेइजिङ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राजधानी बेइजिङको विभिन्न ऐतिहासिक स्थलको अवलोकन गर्नुभएको छ। प्रधानमन्त्री दाहालले नेपाली कलाकार अरनिकोले बनाएको स्वेत प्यागोडा तथा बेइजिङको फर्बिडन सिटीको अवलोकन गर्नुभएको छ।  प्रधानमन्त्री दाहालका साथमा पत्नी सीता, सञ्चारमन्त्री कृष्णबहादुर महरालगायत भ्रमण टोलीका अन्य सदस्य पनि अवलोकनका क्रममा ती स्थान पुगेका थिए।  प्रधानमन्त्रीले बेइजिङको बोटानिकल गार्डेनको पनि अवलोकन गर्नुभएको छ ।  प्रधानमन्त्री दाहालको सम्मानमा चीनका लागि नेपाली राजदूत टंक कार्कीले रात्रीभोजको आयोजना गरेको  कार्यक्रममा सरीक हुनुभयो ।     

आगामी छ महिनाभित्र सेना समायोजन हुने एमाले महासचिवको भनाइ

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौँ। नेकपा एमालेका महासचिज झलनाथ खनालले अबको ६ महिनाभित्र सेना समायोजन भई शान्ति प्रक्रियाले पूर्णता पाउने बताउनुभएको छ। एमाले उपत्यका समन्वय समितिले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। महासचिव खनालले मन्पिरिषद्को वरीयताक्रममा दोस्रो स्थान पाउनुपर्ने आफूहरुको अडान कायमै रहेको उहाँले बताउनुभयो। यस विषयमा प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि कुरा मिल्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो। यसैबीच नेकपा एमालेका पूर्व महासचिव माधवकुरमा नेपालले सहमति र सहकार्यको राजनीतिलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ। जापान भ्रमणबाट फर्केपछि आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मर्यादाक्रममा एमालेलाई दोस्रो वरीयताक्रममा नराखेकोमा आपत्तिसमेत जनाउनुभयो।

सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र बनाउनुपर्ने पत्रकारहरुको धारणा

weekly Nepal - 26 August, 2008 - 22:36
काठमाडौँ। नेपाल पत्रकार महासंघ उपत्यका क्षेत्रीय समितिको भेलाले पत्रकारहरुको व्यावसायिक सुरक्षालगायत नौ सूत्रीय प्रस्ताव पारित गरेको छ। महासंघको उपत्यका शाखाको आइतबार भक्तपुरमा सम्पन्न भेलाले सञ्चारकर्मीमाथि पछिल्ला दिनमा भएका आक्रमणको निन्दा एवं भर्त्सना गरेको छ। पत्रकार महासंघको क्षेत्रीय भेलाले सरकारनियन्त्रित सञ्चारमाध्यमलाई स्वायत्त बनाउनुपर्ने, सबै सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई नियुक्तिपत्र दिनुपर्नेलगायत प्रस्ताव पारित गरेको हो। घोषणापत्रमा पारिश्रमिक निर्धारण समितिले बुझाएको प्रतिवेदन पारित गरी श्रमजीवी पत्रकार ऐन लागू गरिनुनपर्ने, प्रेस स्वतन्त्रताविरोधी गतिविधि तत्काल रोक्नुपर्नेलगायतका बुँदा समावेश गरिएको छ। भेला उद्घाटन गर्दै महासंघका उपाध्यक्ष गोविन्द आचार्य र महासचिव पोषण केसीले पत्रकारहरुको व्यावसायिक सुरक्षाका लागि महासंघ क्रियाशील भएर लाग्ने बताउनुभयो। उहाँहरुले मुलुक संघीयतामा जान लागेको समयमा महासंघलाई पनि पुनर्संरचना गर्नुपर्ने सोचसहित क्षेत्रीय समिति गठन गरिएको बताउनुभयो। भेलाले केन्द्रीय सदस्य जगत नेपालको संयोजकत्वमा सबै शाखाका अध्यक्षहरु रहेको उपत्यका क्षेत्रीय समिति गठन गरेको छ। भेलामा उपत्यकाका सबै शाखाका अधिकारीहरुको सहभागिता रहेको थियो।

कोसीको तटबन्ध पुनर्निर्माण बुधबारदेखि हुने आशा

BBC Nepali - 26 August, 2008 - 19:15
दशौं हजार मानिसहरुलाई विचल्लीमा पार्नेगरी भत्केको कोसी तटबन्ध मर्मत गर्न भारतीय प्राविधिज्ञहरुले बुधबारदेखि काम शुरु गर्ने आशा गरिएपनि उनीहरू अझै आफ्नो सम्पर्कमा नआएका नेपाली अधिकारीहरुले बताएका छन्।

काठमाण्डूमा संगठित अपराधको संजाल बढ्दो

BBC Nepali - 26 August, 2008 - 19:09
अपहरण: संगठित अपराधको संजाल

एमालेभित्र बढ्दो असन्तोष सार्वजनिक

BBC Nepali - 26 August, 2008 - 18:40
माओवादीसितको गठबन्धन सरकारमा एमालेको प्रतिनिधित्व गराउँदा देशको सुदूर पश्चिम लगायत कर्णाली क्षेत्रका प्रतिनिधिहरूको उपेक्षा गरिएको भन्दै सो दलका प्रभावशाली नेताहरूले पार्टी निर्णय विरूद्ध कडा टिप्पणी गरेका छन्।

सुदुरपश्चिमका असन्तुष्ट एमाले भेलामा

Himal Khabar - 26 August, 2008 - 16:06
पार्टीले आफ्नो क्षेत्रबाट मन्त्रीका लागि सिफारिश नगरेकोमा असन्तुष्ट सेती र महाकाली अञ्चलका एमाले कार्यकर्ताहरुको भेला राजधानीमा जारी छ ।

बाढीबाट करिब ४० हजार विस्थापित भएको गृह मन्त्रालयको भनाई

weekly Nepal - 26 August, 2008 - 12:58
काठमाडौं। ग्ृाह मन्त्रालयले सप्तकोसी नदीको बाढी र डुबानका कारण ४० हजार ३ सय ७८ जना पूर्ण रुपमा बिस्थापित भएको जनाएको छ। मन्त्रालयले जारी बिज्ञप्ति गरेको अनुसार सुनसरीका हरिपुर, श्रीपुरजब्दी, लौकही र पश्चिम कसाहा गाविस पूर्ण प्रभावित छन्। नरसिंह, बसन्तपुर र धुम्की गाविस पनि बाढीबाट प्रभाव भएको बताईएको छ। बाढीका कारण हालसम्म ६० वर्षीया महिला जानकी देवी यादवको मात्र मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उद्धार र राहतलाई प्रभावकारी तुल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिएको जनाएको छ। यसैगरी, बाढीको कटान र डुबानबाट सुनसरीमा ३ सय ९५ चौपायाको मृत्यु भएको पशु सेवा विभागले जनाएको छ। पशुको उपचारका लागि भोक्राहा, लौकही र मधुवनमा तीन वटा पशुसेवा शिविर सञ्चालन गरिएको र उपचारका क्रममा अधिकांश पशुमा आँखा पाक्ने, ज्वरो आउने र पखाला लाग्ने रोगको समस्या बढेको पाइएको छ। डुबान क्षेत्रमा पशुको उपचारमा समयमै ध्यान नदिइएमा रोगको महामारी फैलिन सक्ने बताइएको छ। त्यस्तै बाढीले सुनसरीका आधा दर्जन गाविसका पाँच हजार २ सय ७५ हेक्टर कृषियोग्य जमिन तथा त्यसमा लगाइएका नगदे बाली पूर्णरूपमा नष्ट भएको छ। ब्ाढीका कारण सुनसरीमा १५ करोड रुपैया बराबरको कृषि बाली नष्ट भएको प्रारम्भिक अनुमान छ।  त्यसैगरी, मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३ दर्जन घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटारमा आज बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि पोखरा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो दाङबाट काठमाण्डौ आउँदै गरेको ना ३ ख २४९१ नम्बरको बस एक्कासी सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेपनि सबै पुरुष भएको  र दुर्घटनामा परि अन्य २६ जना घाइते भएका छन्। घाइते मध्ये गम्भिर अवस्था भएकालाई थप उपचारका लागि पोखरा लगिएको छ भने अन्यको स्थानिय बेलचौरा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भैरहेकोले थप विवरण आउन नसकेको प्रहरीले जनाएको छ। उता ललितपुरमा एउटा माइक्रो बस आज बिहान  दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। ललितपुरको टोखाबाट काठमान्डौ जादै गरेको बा १ ज ८९४७ नम्बरको माइक्रोबस सडकबाट तल खस्दा दुर्घटनाग्रस्त भएको हो। घाइते सबैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। घाइतेमध्ये सुनिता रनपाल र मैया कार्कीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। राजधानीमा गएराति मिनि ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। राति साँढे १० बजे थानकोटबाट कलंकी आउँदै गरेको बा १ ख ५१५२ नम्बरको मिनि ट्रकले ठक्कर दिदा विपरित दिशाबाट गईरहेको बा १६ प ४५९६ नम्बरको मोटरसाइकलका चालक ४५ वर्षिय जिवन थापाको घटनास्थलमा नै मृत्यु भएको हो। मिनि ट्रक र त्यसको चालक महानगरीय प्रहरी वृत्त कालीमाटीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

जनसेना शिविरबाट बालबालिकालाई हटाउन राष्ट्रसङ्घको आग्रह

weekly Nepal - 26 August, 2008 - 12:58
 काठमाडौं। संयुक्त राष्ट्रसंघले नेपाली जनसेनाको शिविरमा रहेका करिब तीन हजार बालबालिकालाई तुरुन्त मुक्त गर्न आग्रह गरेको छ। राष्ट्रसंघका महासचिव बान की मुनका विशेष प्रतिनिधि तथा राष्ट्रसंघको बालबालिका र सशस्त्र द्वन्द्व हेर्नुहुने राधिका कुमारस्वामीले मङ्गलबार एक विज्ञप्ति निकालेर नेपाल सरकार र माओवादीलाई यस्तो आग्रह गर्नुभएको हो। विज्ञप्तिमा, बृहत् शान्ति सम्झौता भएर जनयुद्धको औपचारिक अन्त्य भइसके पनि अझै जनसेनाको शिविरबाट बालबालिकालाई औपचारिक रुपमा मुक्त नगरिएको उल्लेख छ। धेरै बालबालिकालाई अनौपचारिक रुपमा मुक्त गरिएको भए पनि औपचारिक रुपमा उनीहरुलाई शिविरबाट विस्थापित नगरिएको विज्ञप्तिमा लेखिएको छ। संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन र राष्ट्रसंघीय बालकोष युनिसेफको गत वर्षको तथ्यांकअनुसार दुई हजार नौ सय ७३ जना बालबालिका अझैपनि माओवादी जनसेनाकेा शिविरमा रहेका छन्। महासचिव मुनका विशेष प्रतिनिधि राधिकाले अनमिन र युनिसेफले ती बालबालिकाको अधिकार रक्षा भए नभएको र उनीहरुको पुनर्स्थापनाको बारेमा जानकारी पाउन पनि सरकारस147ग माग गर्नुभएको छ।

भारतसँग जोगबनी–रक्सौल मार्ग माग गर्न सरकारसँग व्यवसायीको आग्रह

weekly Nepal - 26 August, 2008 - 12:58
काठमाडौं। सप्तकोशीको तटबन्ध फुटेर निस्किएको बाढीले भत्काएको मोरङस्थित पूर्व–पश्चिम राजमार्गको विकल्प खोज्न माग गर्दै यातायात व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन्। व्यवसायीहरुले राजधानीको शंखमुलस्थित मधेसी जनअधिकार फोरमको कार्यालयमा मङ्गलबार बिहान परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई भेटी आग्रह गरेका हुन्। सडक मर्मतगरी यातायात सुचारु गर्न अझै केही समय लाग्ने भएकाले भारतको मार्ग प्रयोग गरी यातायात सञ्चालनको वैकल्पिक व्यवस्था गर्न परराष्ट्र मन्त्रीसँग आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। कोशीमा राजमार्ग बन्न धेरै समय लाग्ने भएकाले भारतको जोगबनी, भीमनगर, पानीटंकी, रक्सौलका सीमाबाट नै पासको व्यवस्था मिलाइदिन आग्रह गरेको कोषाध्यक्ष सिटौलाले बताउनुभयो। परराष्ट्रमन्त्री यादवले बिहिबारबाट हुने आफ्नो भारत भ्रमणमा सीमा पास र दुर्घटना बिमाका विषयमा त्यहाँका विदेशमन्त्रीसँग कुरागर्ने आश्वासन दिएको सिटौलाले जानकारी दिनुभयो। भत्केको सडक खण्डको मर्मतका लागि सर्भे गर्न गएका अधिकारीहरुले कोशी बाँधदेखि १० किलोमिटर सडकखण्डका विभिन्न भागमा बाढीले क्षतिग्रस्त बनाएको बताएका छन्। मुख्य राजमार्गको खण्ड विक्षद भएकाले पूर्व–पश्चिम राजमार्गमा यातायात सुचारु हुन नसक्दा मुलुकमा ढुवानी, आवागमनलगायत ठप्प भएको छ। व्यवसायीहरुले समयमै वैकल्पिक मार्ग प्रयोगका लागि कूटनीतिक पहल नगरे व्यवसायी धराशयी हुने र अभाव चुलिँदै जाने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।  
Syndicate content